रिहा भए पल शाह,,,,,


जबर्जस्ती करणी अभियोगमा दाबी नपुग्ने भन्दै उच्च अदालत पोखराबाट सफाइ पाएका कलाकार पूर्णविक्रम शाह (पल शाह) सोमबार जिल्ला कारागार तनहुँबाट रिहा भएका छन् । बाल यौन दुरुपयोगको अभियोगमा पूर्वी नवलपरासी जिल्ला अदालतबाट दोषी ठहर भएका पूर्णविक्रम (पल) शाहलाई उच्च अदालत पोखराले आइतबार सफाइ दिएको हो । कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यका अनुसार शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएका छन् । शाहका तर्फबाट वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, कृष्णबहादुर थापा, अधिवक्ता माधव घिमिरे, गणेशप्रसाद अधिकारी र जनकराज ढुंगानाले बहस गरे भने नाबालिगका तर्फबाट आइतबार उच्च सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता रामप्रसाद अधिकारीले बहस गरेका थिए । शाहविरुद्ध नाबालिगलाई जबर्जस्ती करणीको मुद्दामा पूर्वी नवलपरासी जिल्ला अदालतले बाल यौन दुरुपयोग ठहर गर्दै साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले भदौ २१ मा उक्त फैसला गरेको थियो ।फैसलाविरुद्ध शाहले सफाइ दिन माग गर्दै उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए । शाहविरुद्ध एक नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा तनहुँ र पूर्वी नवलपरासी जिल्ला अदालतमा मुद्दा परेको थियो ।तनहुँ अदालतले शाहलाई गत माघ ३ मा सफाइ दिएको थियो  ।उच्च अदालतको फैसलामा नवलपुर जिल्ला अदालतको उक्त फैसला उल्टी भई पल शाहले अभियोग दाबीबाट सफाइ पाउने ठहर गरिएको छ । अभियोग दाबीबमोजिम जबर्जस्ती करणीको कसुरमा कसुरदार ठहर गर्नुपर्ने नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न नसक्ने फैसलामा उल्लेख छ । फैसलामा अभियोग दाबीबमोजिमको जबर्जस्ती करणीको कसुर परिवर्तन गरी नवलपुर जिल्ला अदालतको फैसला मिलेको नदेखिएको बताइएको छ ।म्युजिक भिडियो छायांकनका क्रममा शाहले बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा १७ वर्षीया किशोरीका बाबुले ०७८ फागुन ११ मा जाहेरी दर्ता गराएका थिए । जाहेरीमा म्युजिक भिडियो सुटिङका क्रममा पटक पटक करणी प्रयास गरेको र विवाहको प्रलोभन देखाई तनहुँमा करणी गरेको उल्लेख गरिएको थियो । जाहेरी दर्ता भएपछि फागुन १५ मा शाह प्रहरीको सम्पर्कमा आएका थिए ।किशोरीका बाबुले फागुन १६ मा पूर्वी नवलपरासी प्रहरीमा पनि उस्तै प्रकृतिको जाहेरी दिएका थिए । २०७७ चैत ७ मा गैंडाकोटमा गीतको सुटिङका क्रममा आफ्नो नाबालिग छोरीमाथि शाहले जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख थियो । अदालतसँगको बकपत्रमा भने बाबु र छोरी दुवैले बयान बदलेका थिए ।आइतबारको फैसलामा नाबालिगले सुरु अदालतमा शाहबाट जबर्जस्ती करणीसहितको यौन दुर्व्यवहार नभएको भनी गरेको बकपत्र र सबै साक्षीले प्रतिवादीले जबर्जस्ती करणी गरेका होइनन् भनी गरेको बकपत्रलाई आधार मानिएको छ ।

terms and condition

Terms and Conditions Welcome to All in one! These terms and conditions outline the rules and regulations for the use of All in one's...