ताप्लेजुङ,माघ १४ ।
भीरमा लागेको आगो निभाउन गएका ताप्लेजुङको फुङलिङ नगरपालिकाका तीनबरे घर भई मिक्वाखोला गाउँपालिका वडा नं ४ बस्दै आएका १५ बर्षे बालकको मृत्यु भएको छ । https://www.blogger.com/u/1/blog/post/edit/8666479884263411111/4179321925908832300 गाउँपालिका वडा नं ४ दलैंचास्थित एङखरा भीरमा लागेको आगो निभाउने स्थानीय मानिससंगै गएका १५ बर्षिय सुनिल थलङ राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
🙏जिल्ला प्रहरी प्रमुख(डिएसपी)कैलाश राईका अनुसार स्वर्गीय नरबहादुर थुलुङ राईका छोरा सुनिल मिक्वाखोलास्थित मावली बाजे बुद्धराज साँवा लिम्बूको घरमा बस्दै आउनु भएको थियो । प्रहरी प्रमुख राईका अनुसार एङखरा भीरमा लागेको आगो निभाउन स्थानीय मानिससंगै भीरतर्फ गएका उहाँ फर्कि नआएपछि खोजी गर्ने क्रममा भीरबाट तल करिव ३ सय मिटर तल मृत अवस्थामा फेला पर्नु भएको थियो । उहाँको शव पोष्टमार्टक पछि आफन्तको जिम्मा लगाइएको समेत प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment